काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गर्नुभएको छ । उहाँले शनिबार साँझ मन्त्री आङ्बोलाई बर्खास्त गरेको उहाँका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । आफूविरुद्ध अविश्वासको प्रस्ताव राख्न लागेको थाहा पाएपछि मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई बर्खास्त गर्नुभएको हो । केन्द्रमा भएको नेकपा विवादको असर अब प्रदेशमा…