सोलुखुम्बु, पुस २२ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्माणाधीन दूधकोशी सामुदायिक अस्पतालको दिगो सञ्चालनका लागि धुलिखेल अस्पतालसँग निर्माण तथा सञ्चालन लगायतका विषयमा सहकार्यका लागि सम्झौता गरिएको छ । बिपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा निर्माणधीन अस्पताल र धुलिखेल अस्पतालबीच दिगो सञ्चालन, विशेषज्ञ सहितको चिकित्सकीय सेवा प्रवाह लगायतका विषयमा…