विराटनगर, मंसिर ८ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १४८ पुरुष र ८० महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ३५ मध्ये विराटनगरमा २४, सुनसरीका ५१, झापाका ९२, सङ्खुवासभाका ११, ताप्लेजुुङका १०, खोटाङका चार, इलाम, उदयपुर र…