काठमाडौं । दैलेख जिल्लाका विभिन्न ठाउँमा बिहिबार परेको चट्याङबाट १९ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ परेको चट्याङ लागेर महाबु गाउँपालिका–१ की ४२ वर्षीया भुमिसरा खत्रीको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ । महाबु गाउँपालिका–१ ओखलढुङ्गास्थित मानबहादुर सेनको घरमा चट्याङ पर्दा उनकी श्रीमती पदमकुमारी सेन घाइते भएकी छन्…