११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


कर्णालीका मुख्यमन्त्री कँडेलले लिए सपथ


221
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्र यामलाल कँडेलले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

प्रदेश सदरमुकाम सुर्खेतमा आयोजित विशेष कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले कँडेललाई सपथ गराउनुभएको हो ।

नेकपा एमाले प्रदेश संसदिय दलका नेता कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । मुख्यमन्त्री कँडेलले नयाँ मन्त्रीमण्डल पनि गठन गर्नुभएको छ । केन्द्रमा भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री रहनुभएका राजकुमार शर्माले पदबाट राजीनामा दिनु भएको थियो ।