बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश नेकपा एमालेमा सरकार गठनका नाममा संकट चुलिएको छ । आइतबार पदबाट राजीनामा दिनुभएका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएपछि एमालेकै सांसदहरुले भटाभट राजीनामा दिन थालेका छन् । पोखरेललाई मुख्यमन्त्री बनाइएपछि असन्तुष्टि जनाउँदै प्रदेश सांसद दृगनारायण पाण्डेले लिखित वक्तव्य नै निकालेर पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।…