लुम्बिनीमा विपक्षीहरूद्वारा पोखरेल नेतृत्वको सरकार खारेजीको माग • Image Khabar Image Khabar


लुम्बिनीमा विपक्षीहरूद्वारा पोखरेल नेतृत्वको सरकार खारेजीको माग


Imagekhabar
२० बैशाख २०७८, सोमबार १७:५९

लुम्बिनीमा विपक्षीहरूद्वारा पोखरेल नेतृत्वको सरकार खारेजीको माग

बुटवल । लुम्बिनी प्रदेशका विपक्षीदलहरूले मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारको खारेजीको माग गरेका छन् ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनिहरूले प्रदेश प्रमुखले अल्पमतमा रहेका पोखरेललाई नियुक्त गरेको भन्दै प्रदेश सरकारको खारेजीको माग गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शंकर पोखरेललाई मुख्यमन्त्रीबाट खारेज गरेको घोषणा गरेका छन् ।

यस्तै प्रदेश प्रमुखले संसदीय प्रक्रिया पूरा नै नगरी विशेष अधिवेशन आव्हान गरेकै दिन अन्त्य गरेको भन्दै देश प्रमुखलाई बर्खास्त गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्