प्रदेश प्रहरी प्रमुखलाई निलम्बन गर्न लुम्बिनीका महिला सांसदहरूकाे माग • Image Khabar Image Khabar


प्रदेश प्रहरी प्रमुखलाई निलम्बन गर्न लुम्बिनीका महिला सांसदहरूकाे माग


Imagekhabar
२० बैशाख २०७८, सोमबार १४:११

प्रदेश प्रहरी प्रमुखलाई निलम्बन गर्न लुम्बिनीका महिला सांसदहरूकाे माग

बुटवल । लुम्बिनी प्रदेशका केही महिला सांसदहरूले प्रहरीले आफूहरूमाथि हातपात गरेको भन्दै प्रदेश प्रहरी प्रमुखलाई निलम्बन गर्न माग गरेका छन् ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेशसभा सदस्यहरू निर्मला क्षेत्री, पुर्मती ढेंगा, लौटी थारु, सुस्मा यादव, पुष्पा थरुनी, गिता थापा लगायतले प्रहरीले अभद्र व्यवहार गरेको आरोप लगाएका हुन् ।

आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त शंकर पोखरेलको सपथ रोक्न माग गर्दै प्रदेश प्रमुखको निवास अगाडि धर्ना बस्ने क्रममा प्रहरी र विपक्षी सांसदहरूबीच भनाभन भएको थियो ।

पत्रकार सम्मेलनमा सहभागी महिला सांसदहरूले प्रदेश प्रहरी प्रमुख रवीन्द्र धानुकलाई निलम्बन गरी कारबाही गर्न माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्