काठमाडौं, साउन १४ । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका तीन जना सांसदलाई निष्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराउनुभएको छ । पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो…