काठमाडौं । काठमाडौं उपत्यकामा फागु पर्व सुरु भएको छ । वसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको चीर साेमबार ठड्याइएपछि फागु पर्व सुरु भएको हो । फागुन शुक्ल अष्टमीका दिन चीर उठाएपछि देशभर फागू पर्व सुरु भएको मानिन्छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ सोमबार ३ तले चीर ठड्याएपछि देशभर फागु अर्थात होली पर्व सुरु भएको मान्ने…