काठमाडाैं । नागरिक उन्मुक्ती पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीको मुद्दामा आइतबार सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखेर दायर गरेको पुनरावेदनको मुद्दाकाे आइतबार सुनुवाईका लागि पेशी तोकिएको हाे । न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासमा रेशमसहित १२ जनाको मुद्दा सुनुवाईका लागि पेशी तोकिएको हो । थुनुवा…