काठमाडौं । नेपाली काँग्रेसले समानुपातिकतर्फको रिक्त रहेको गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ । सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त स्थानमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । काँग्रेसबाट समानुपातिक सांसद विमला गौचनको केही समयअघि मृत्यु भएपछि समानुपातिकको बन्द सूचीमा…