काठमाडौं, भदौ १९ । टोखा नगरपालिकामा प्रादेशिक अस्पताल निर्माण हुने भएको छ । वाग्मती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिका–२ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउने निर्णय गरेको हो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्रदेश अस्पतालको रुपमा विकास…