काठमाडौं, कात्तिक १७ । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एकथान ‘पीसीआर’ मेसिन हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डा. कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी मेसिन हस्तान्तरण गरिएको हो । चीनको नानजिङ सहरबाट प्राप्त दुईमध्ये एकथान मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो । मेसिन हस्तान्तरणपछि…