काठमाडौं, भदौ १८ । काठमाडौं महानगरपालिकामा कोरोना नियन्त्रण अभियानअन्तर्गत बिहीबार तेस्रो चरणको ९ वटा वडाहरुमा स्वाब संकलन गरिएको छ । महानगरपालिकाले यसअघि पहिलो र दोस्रो चरणमा लक्षण देखिएका संक्रमितहरुको स्वाब संकलन गरेको थियो । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले संक्रमित व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षणका लागि विभिन्न वडाहरुमा स्वाब संकलन गरिएको बताउनुभयो । उहाँले पहिलो चरणमा…