गोकर्णेश्वर नगरपालिकामा १२५९ जनामा कोरोना संक्रमण • Image Khabar Image Khabar


गोकर्णेश्वर नगरपालिकामा १२५९ जनामा कोरोना संक्रमण


रासस
१३ कार्तिक २०७७, बिहीबार १८:०४

गोकर्णेश्वर नगरपालिकामा १२५९ जनामा कोरोना संक्रमण

काठमाडौं, कात्तिक १३ । गोकर्णेश्वर नगरपालिकामा हालसम्म १२५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

जसमध्ये ४४६ पुरुष र ३९७ महिला गरी ८४३ जना निको भएका छन् ।

नगरपालिकामा नौ पुरुष र आठ महिलाको कोरोनाबाटै निधन भएको नगर प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।

नगरपालिकामा हाल २१२ पुरुष र १८७ महिला गरी ३९९ सक्रिय सङ्क्रमित छन् ।

होम आइसोलेसनमा २०३ पुरुष र १७६ महिला गरी ३७९ जना आराम गरिरहेका छन् ।

अस्पतालको आइसोलेसनमा नौ पुरुष र ११ महिला गरी २० जना छन् ।

कोरोना भएका चार पुरुष र एक महिला गम्भीर उपचारमा रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा एक हजार ५२८ पुरुष र एक हजार ४०४ महिला गरी दुई हजार ९३२ जनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्