काठमाडौं, बैशाख १६ । काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । महानगरपालिकाले बिहीबारदेखि महानगरमा १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघसँग बिहीबारदेखि १० वटा एम्बुलेन्स निःशुल्क सञ्चालन गर्नको निम्ति सम्झौता गरेको हो । निषेधाज्ञाको समयमा नगरवासीलाई पर्ने स्वास्थ्य समस्या समाधानका लागि घरबाट अस्पताल,…