चितवन । स्थानीय तहको निर्वाचन आउन डेढ महिना बाँकी छ । निर्वाचन आयोगले आचारसंहिता बनाएर अहिले प्रदेशमा यसबारे जानकारी दिँदै अन्तरक्रिया कार्यक्रम समेत गरिरहेको छ । निर्वाचनलाई धाँधलीरहित, निष्पक्ष र विश्वसनीय बनाउन लागू गरिएका आचारसंहिताको कार्यान्वयन भने फितलो देखिएको छ । नेपालको संविधान २०७२ को धारा २४६ मा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने…