Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


गण्डकी प्रदेशमा अझै भएन मन्त्रीमण्डल विस्तार

पोखरा, जेठ २ । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनः नियुक्त भएको पाँच दिन वितिसक्दा पनि उहाँले मन्त्रीमण्डल विस्तार गर्नु भएको छैन । कोरोनाबाट संक्रमित भएका गुरुङ आइसोलेसनबाटै मुख्यमन्त्रीको शपथ लिन पुग्नु भएको थियो । त्यसपछि स्वास्थ्यमा थप समस्या भएकोले आराम गरिरहनु भएको छ । गुरुङ पूर्ण रुपमा निको नहुँदासम्म मन्त्रीमण्डल पूर्णरुपमा विस्तार हुने छाँट देखिएको छैन…