काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदमुक्त हुनुभएको छ । बिहीबार प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतका प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त हुनुभएको हो । ५८ सांसद् उपस्थित रहेको प्रदेशसभामा २७ जनाले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका थिए भने ३० जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए । राष्ट्रिय जनमोर्चाका सांसद् कृष्ण थापाले मतदान…