काठमाडौं । गण्डकी प्रदेश सरकारमा मन्त्रीहरुको कार्य विभाजनमा सहमति जुटेको छ । गठबन्धनबीच भएको समझदारी अनुसार प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ। उहाँले अर्थ या भौतिक पूर्वाधारमा दावी गर्दै आउनुभएको थियो । यस्तै, माओवादी केन्द्रबाट मन्त्री बन्नुभएका मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने…