पोखरा, माघ १२ । राष्ट्रिय सभाको निर्वाचनका लागि गण्डकी प्रदेशमा भएको निर्वाचनमा सत्तापक्षीय गठबन्धन तिनै जना उमेदवार विजयी भएका छन । गठबन्धनबाट महिला कोटाकी कांग्रेसकी कमला पन्त, खुल्ला र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आले र भुवनबहादुर सुनार बिजयी भएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले वताउनु भयो । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय…