काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकट र चुनौतीबाट गुज्रिरहेको बताउनुभएको छ । काठमाडौंमा सोमबार आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीकार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्ट पार्टीभित्रमात्र नभएर हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरुको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गर्नुभयो । राजनीतिक संकट,…