विराटनगर, असोज २७ । प्रदेश नम्बर-१ को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १५ दिनभित्र एक हजार शय्याको भेन्टिलेटरयुक्त कोभिड अस्पताल निर्माण गर्न माग गरेको छ । मंगलबार विराटनगरमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसले एक हजार शय्याको कोभिड अस्पताल १५ दिनभित्र निर्माण गर्न माग गरेको हो । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले…