डडेल्धुरा । बहुचर्चित पश्चिम सेती जलविद्युत परियोजना सुदूरपश्चिमका जनतालाई आश्वासन मात्रै दिने थलो भएको भन्दै सुदूरपश्चिमका युवा आक्रोशित भएका छन् । आफ्ना माग र समस्याप्रति सरकार गम्भीर नभएको भन्दै स्थानीय युवा आक्रोशित भएका छन् । परियोजनाको नाममा चार दशक देखि नेताहरूले आश्वासन मात्रै बाँडेको भन्दै युवाहरूको समाज ‘बोलन्या थली’ले दबाबमूलक कार्यक्रम अघि सारेको छ ।…