काठमाडौं, असार ९ । विश्वशान्तिको कामना गर्दै काठमाडौंको गोंगवुस्थित टाउन प्लानिङमा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ । कार्यविनायक गणेशमन्दिर व्यवस्थापन समिति र नेपाल गृहस्ताश्रम धर्म सेवा समितिको संयुक्त आयोजनामा श्रीमद् भागवत कथा वाचन शुरु गरिएको हो । भागवत कथाबाट संकलित रकम भागवत विद्यालय निर्माणका साथै समाजसेवामा समर्पित गरिने आयोजक संस्थाले जनाएको छ…