ललितपुर, भदौ २४ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भदौ १८ रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेकालाई निसर्त अबिलम्ब रिहा गर्नुपर्ने बताउनु भएको छ । महानगरका प्रमुख महर्जनद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ ललितपुर महानगरपालिकाभित्र भएको उक्त घटनामा पक्राउ परेकाहरुको रिहाइका लागि ललितपुर महानगरपालिका प्रमुखको हैसियतले म , ज्यापु समाज र १९ वटा जातिय…