मानबहादुर वलीसुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कोरोना महामारी नियन्त्रण, उपचारमा उत्कृष्टता, अस्पतालहरूको स्तरोन्नति र स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नु भएको हो ।…