काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्नुभएको छ । मुख्यमन्त्री कुलबहादुर केसी नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक भदौ १ गते बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन…