Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


मधेशका मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार सुविधा र सन्तुलनको दृष्टिकोण भन्दै मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्नु-नगराउनु भनेर आदेश दिएकाे हाे। सर्वोच्चको यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुने भएकाे छ।…