Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


धान रोपाइँमा मौलिक गीत गाउने प्रचलन हराउँदै

इलाम । इलाममा धान रोपाइँमा मौलिक गीत गाउने प्रचलन हराउँदै गएकाे छ । डोको भरी पहेलपुर केरा, ठेकीमा ढपक्क जमेको दही, ढिकीमा कुटेको चिउरा, हातभरी चुरा र गुन्यू चोली लगाएका महिलाले हातमा बोकेको धानको बीउले असारको झल्को दिने गर्दथ्यो । तर अहिले धान रोपाइँमा परम्परागत कृषि प्रणाली हराउँदै जाँदा रोपाइँको रौनक पनि हराउँदै गएको छ…