तनहुँमा सम्बन्ध विच्छेदका मुद्दा दर्तामा वृद्धि « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


तनहुँमा सम्बन्ध विच्छेदका मुद्दा दर्तामा वृद्धि


312
Shares

तनहुँ । तनहुँमा अन्य मुद्दा भन्दा सम्बन्ध विच्छेदका मुद्दा दर्ता बढी देखिएको छ ।

आर्थिक वर्ष ०७८ / ०७९ मा तनहुँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ९ सय ३७ मुद्दा दर्ता भएका हुन् । दर्ता भएका कुल मुद्दा मध्ये ३७ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका मात्रै रहेको अदाललते जनाएको छ ।

सम्बन्ध विच्छेदका ९ सय ३७ मुद्दा मध्ये अदालतले सोही वर्ष ६ सय ८६ सम्बन्ध लविच्छेदका मुद्दा फर्छ्योट गरेको र २ सय ५१ मुद्दा फछ्र्योट हुन बाँकी भई चालू आर्थिक वर्ष ०७९/०८० मा जिम्मेवारी सरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।

कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान-श्रीमतीचकाे सम्बन्ध बिग्रेका कारणले अदालतमा सम्बन्ध विच्छदेका मुद्दा बढी आउने गरेको उहाँले बताउनुभयाे । बालविवाह, विपन्नता, मोबाइलको दुरुपयोग, वैदेशिक रोजगारी र अशिक्षा जस्ता कारणले पनि सम्बन्ध विच्छेदका मुद्दा बढेको उहाँकाे तर्क छ ।