खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलस्थित दिक्तेलबारी नोभेटोललाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा गरिएको छ । नगरपालिकाको नेतृत्वमा हेल्भेटास नेपालको सहयोग र बालसेवा समाज नेर्पा खोटाङको सहजिकरणमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले दिक्तेलबारी नोभे टोललाई सुरक्षित वैदेशिक रोजगार टोल घोषणा गरेको हो । बिहीबार दिक्तेल–१ का वडाध्यक्ष टंकप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त…