काठमाडौं । घोराही–तुलसीपुर ४ लेन सडकको निर्माण सम्पन्न नहुँदा स्थानीयले धुलोको सास्ती खेप्नु परेको छ । तुलसीपुर उपमहानगरपालिका– ६ मोतिपुरका स्थानीयका घरभित्रै धुलोको मुस्लाे पसेर हैरान भएका हुन् । धुलोका कारण आँखा, नाक र छाती सम्बन्धि समस्या बढेको स्थानीयवासीहरुले बताएका छन् । २०७५ साल माघदेखि सुरु भएको घोराही–तुलसीपुर ४ लेनको सडक निर्माण ३० महिनामा सक्नु…