Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य


52
Shares

काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालु अधिवेशन अन्त्य भएको सूचना प्रकाशन गर्नुभएको हो ।

प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रदेश सभाको चालु अधिवेशन ०७९ फागुन १८ गते बिहीबार राति १२ बजेटबाट अन्त्य भएको प्रदेश प्रमुख गुरुङले जारी गरेको सूचनामा उल्लेख छ ।

बुधबार प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सम्बोधनपछि सभा स्थगित गरिएको थियो । सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेपनि सरकारको सिफारिसमा बिहीबार चालु अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको सूचनामा छ ।

केन्द्रमा फेरिएको राजनीतिक समीकरणसँगै प्रदेश सरकार समेत ढल्ने आशंका भइरहेका बेला चालु अधिवेशन अन्त्य गरिएको हो ।