बारा । झाडापाखालामा मृत्युबाट जोगाउने अचुक औषधिको रुपमा प्रयाेग हुने जीवनजल बाराको सिमरा स्थित नगर अस्पतालमा दुई दिनदेखि बीरामीले पाउन सकेका छैनन् । जितपुर सिमरा उपमहानगरद्वारा सञ्चचालित उक्त अस्पतालमा नि:शुल्क पाइने जीवनजल उपलब्ध नभए पछि बीरामीहरुका आफन्तले निजी फार्मेसीमा किन्दै ल्याएर उपचार गर्दै आएका छन् । स्वास्थ्यमा सबै नगरवासीको पहुँच भन्दै नगर प्रमुख राजन पौडेलले…