रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका-४ बेतालीमा एक जना वृद्धको अज्ञात व्यक्तिले खुकुरी प्रहार गरी हत्या गरेका छन् । स्थानीय लिसेखानी टोलमा बस्दै आएका करिब ८२ वर्षीय शमशेर बहादुर थापामगरको सोमबार साँझ ७ बजेको समयमा खुकुरी प्रहार गरी अज्ञात व्यक्तिले हत्या गरेका हुन् । २ जना नातिनीसहित आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार…