काठमाडाैं । भोजपुरमा अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाई भएको छ । खानेपानी आयोजनाको निर्माण सुरु भएको ४ वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो । आयोजनाको कुल लागत १९ करोड रहे पनि क्रमागत योजना भएकाले वर्षेनी कम बजेट आउदा निर्माणमा ढिलाई भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले जनाएको…