काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुग्नु भएका प्रधानमन्त्री दाहालले राष्ट्रसंघको कार्यालयमा महासचिव गुटेरेससंग भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, नेपाली शान्ति सेनाको भूमिका, जलवायु परिर्वतन र दिगो विकास लगायतका विषयमा छलफल भएको जनाइएको छ । गत…