सर्लाही । जिल्लाका उखु किसानले बिक्रि गरेको उखुको भुक्तानी पाउन थालेका छन् । सर्लाहीको हरिवनमा सञ्चालित इन्दुशंकर चिनी मिलले गत वर्षको मूल्यलाई आधार मानेर किसानलाई यस वर्ष भुक्तानी दिन सुरु गरेको हो । गत पुष १५ गतेसम्मको उखु खरिद बापतको करिब १२ करोड रुपैयाँ भुक्तानी भइसकेको उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिनुभयो ।…