काठमाडौं । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेश आन्दोलनका शहीद परिवारका सदस्यहरुले प्रदर्शन गरेका छन् । प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक/एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहीद परिवारका सदस्यहरु आन्दोलित भएका हुन् । मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहीद परिवारका सदस्यहरु छन् । उनीहरुले…