कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेश सरकारले असंवैधानिक बाटोबाट बजेट ल्याएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेको हो । सभामुखले प्रदेशसभा बैठकको कारबाही सुरु भएको जानकारी गराए लगत्तै कांग्रेसका सांसदले उभिएर विरोध जनाएका थिए । विरोधपछि कांग्रेस प्रमुख सचेतक गोविन्द बोहराले अध्यादेश ल्याउँदा संसदलाई…