टनकपुर नहर निर्माण हुँदै « Image Khabar


टनकपुर नहर निर्माण हुँदै


26
Shares

कञ्चनपुर । भारतले टनकपुरदेखि नेपालसँगको सीमासम्म नहर निर्माण गरी पानी छोड्ने तयारी गरेको छ । नेपालतर्फबाट भने नहर निर्माण नहुँदा नेपाललाई पानीको व्यवस्थापन गर्न समस्या पर्ने भएको छ ।

एकीकृत महाकाली सन्धिमा टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि १ हजार क्युसेक पानी पाउने छ  । सम्झौता अनुसार महाकाली सिँचाई आयोजनाको तेस्रो चरणको निर्माण थालिए पनि नेपालतर्फ हालसम्म १३ प्रतिशत मात्रै काम सकिएको छ ।

भारतले नहर बनाईसक्दा पनि नेपालतर्फ समयमै नहर नबनेका कारण महाकाली सिँचाई आयोजना अन्तर्गत नेपालले तत्काल सिँचाई सुविधा पाउन नसक्ने देखिएको छ ।

शाखा नहर निर्माणका लागि टेण्डर खोल्ने तयारीमा रहेको महाकाली सिँचाई तेस्रो चरण आयोजनाका निर्देशक रण बहादुर बमले बताउनुभयो ।

१२ वर्षसम्म गति लिन नसकेको महाकाली सिँचाई आयोजनालाई सरकारले गत वर्षको बजेटदेखि राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । आयोजना मार्फत पहिलो चरणमा १४ हजार २ सय ९० हेक्टर र दोश्रो चरणमा १९ हजार ३ सय १० हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाले जनाएको छ ।