काठमाडौं । विराटनगर महानगरपालिकाले निर्वाचित जनप्रतिनिधिलाई सम्पत्ति विवरण पेस गर्न आग्रह गरेको छ । कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम र निर्वाचित जनप्रतिनिधिलाई आफ्नो सम्पत्ति विवरण पेस गर्न महानगरले सूचना जारी गरेको हो । कर्मचारीले आर्थिक वर्ष २०७८/०७९ को कार्यसम्पादन फाराम यही साउन ७ गतेसम्म दर्ता गराई प्रशासन शाखामा बुझाउनुपर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।…