इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग चर्किन थालेको छ । उद्घाटन भएको ५ महिना नपुग्दै धावनमार्गको पूर्वतर्फको भाग चर्किएको हो । ७ सय मिटर लम्बाई र २० मिटर चौडाई रहेको धावमार्गको पूर्वतर्फको भाग चर्किएपछि अहिले टाल्ने काम भइरहेको छ । धावनमार्ग निर्माण गर्दा लगाइएको ग्याबिन वालले माटोको भार थेग्न नसकेपछि विमानस्थल झनै जोखिममा परेको…