ओखलढुंगामा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


ओखलढुंगामा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न


104
Shares

ओखलढुंगा । ओखलढुंगामा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएकाे छ ।

बेंसी क्षेत्रका केही ठाउँमा मकै पाक्न ढिला भएकाले रोपाइँ अझै जारी रहेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख हेमबहादुर आलेमगरले जानकारी दिनुभएकाे हाे । ओखलढुंगामा यस वर्ष शतप्रतिशत धान रोपाइँ हुने भएको छ ।

कार्यालयको तथ्यांक अनुसार जिल्लामा साउन २२ गतेसम्म धान रोपाइँ हुने गरेको छ । अघिल्ला वर्षहरुमा पानीको अभावका कारण शतप्रतिशत धान रोपाइँ हुने गरेको थिएन । जिल्लामा ४ हजार ४ सय ३ हेक्टर क्षेत्रमा वर्षे धान खेती हुने गरेको छ ।

यसवर्ष समयमै पानी परेर धान रोप्न पाएपछि यहाँका किसान खुशी भएका छन् ।