बर्दिया । बाघको आक्रमण नथामिएपछि स्थानीय प्रशासनले आइतबारबाट गुलरिया—राजापुर सडक खण्डअन्तर्गत खाता जैविक मार्गमा रातको समयमा दुईपांग्रे सवारीसाधन र पैदल यात्रुलाई आउजाउमा रोक लगाएको छ । अनिश्चितकालका लागि राति १० देखि बिहान ६ बजेसम्म दुईपांग्रे सवारी र पैदल यात्रुलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । शनिबार दिउँसो बाइकमा राजापुरतर्फ गइरहेका व्यक्तिमाथि बाघले…