बुटवल । लुम्बिनी प्रदेशका केही महिला सांसदहरूले प्रहरीले आफूहरूमाथि हातपात गरेको भन्दै प्रदेश प्रहरी प्रमुखलाई निलम्बन गर्न माग गरेका छन् । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेशसभा सदस्यहरू निर्मला क्षेत्री, पुर्मती ढेंगा, लौटी थारु, सुस्मा यादव, पुष्पा थरुनी, गिता थापा लगायतले प्रहरीले अभद्र व्यवहार गरेको आरोप लगाएका हुन् । आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त शंकर पोखरेलको…