सिन्धुली । सिन्धुली जिल्लाको कमलाखोंच क्षेत्रमा संचालन गरिएको सामूहिक चक्लाबन्दी खेतीले अन्नबाली तथा तरकारी उत्पादनमा वृद्धि भएकाे छ । परम्परागत रुपमा गरिंदै आएको खेती प्रणालीबाट उर्वराभूमिहरु दिनदिनै खण्डीकरण भई उत्पादनमा समेत क्षयीकरण भइरहेको अवस्थामा सामूहिक चक्लाबन्दी खेती संचालन गरिएपछि खेती प्रणालीमा विकास भएको हाे । कमलाखोंचस्थित दुधौली नगरपालिकाको वडा नं २ हत्पतेमा स्थानीय किसानहरुको खण्डखण्डमा…