४ आश्विन २०८०, बिहिबार | Fri Sep 22 2023


सिन्धुलीमा बन्दका कारण जनजीवन प्रभावित


117
Shares

सिन्धुली । नेकपा (विप्लव) समूह लगायतका राजनैतिक दलहरुले मंगलबार गरेकाे नेपाल बन्दले सिन्धुलीमा पनि जनजीवन प्रभावित भएकाे छ ।

नागरिकता विधेयक, महँगी र भ्रष्टाचार लगायतकाे विरोधमा मंगलबार देश व्यापी विरोध र बन्दका कारण सिन्धुलीमा जनजीवन प्रभावित भएकाे हाे । बन्दका कारण सिन्धुली जिल्लाका शैक्षिक संस्थाहरु बन्द भएका छन् ।

विपी, मदन भण्डारी र मध्यपहाडी राजमार्गमा सार्वजनिक यातायातका साधनहरु संचालन हुन सकेका छैनन् । सिन्धुली सदरमुकाम सिन्धुलीमाडी, भिमान,खुर्कोट, दुधौली र नेपालथोक लगायतका मुख्य बजारहरु भने आंशिक रुपमा खुलेका छन् ।

बन्दलाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।