काठमाडौं । सङ्घीय संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा तीन ठुला दलका शीर्ष नेताहरू सहभागी भएका हुन् । छलफलमा माओवादी केन्द्रको तर्फबाट भने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे रहनु भएको छ भने एमालेको तर्फबाट…